त्रिपुरेश्वरमा पक्कि पुल बन्ने


YYY
त्रिपुरेश्वर गाउँ विकास समितिको वडा नं. ३ सुन्दर बजार र वडा नं. ४ को शक्ति वजार जोड्ने गरी खहरे खोलामा पक्की पुल बन्ने भएको छ । झोलुङ्गेपुल तथा स्थानीय स्तरका सडक र पुल निर्माण कार्यक्रम अन्तर्गत नेपाल सरकारको सहयोगमा पक्की पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणको लागि आज जिल्ला विकास समिति धादिङका इञ्जिनियरहरु किरणलाल श्रेष्ठ, राकेशराज मिश्र र रामशरण अधिकारीले अवलोकन तथा नापजाँच गर्नुभएको छ । २० दशमलव ५ मिटर लम्वाइ र ५ मिटर चौँडाईको पक्की पुल निर्माणको लागि कुल ७० लाख लागत लाग्ने बताइएको छ । पुल नीर्माण पश्चात बर्षायाममा सवारी साधन वारपार गराउँदा खोग्नुपर्ने समस्या हल हुने स्थानीय बासीन्दाले आश गरेका सहकर्मी सीताराम सापकोटाले जानकारी दिनुभएको छ ।

समाचार श्रोत - रेडियो बिहानी,धादिङ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]