किन्ताङखोला लघु जलविद्युत परियोजनाको नहर निर्माण कार्य आज सुरु


YYY
किन्ताङखोला लघु जलविद्युत परियोजनाको नहर निर्माण कार्य आज हिजो सुरु भएको छ । महिला विकास कोषबाट ५० लाख, जिल्ला विकास समितिबाट १० लाख र गुम्दी तथा मार्पाक गाउँ विकास समितिको २÷२ लाख गरी कुल ६४ लाख तथा जनश्रमदानमा निर्माण गरिन लागेको योजनाको नहर र मुहान निर्माण कार्य हिजो देखि सुरुभएको हो । परियोजनाको लागि नहर, मुहान र पावर हाउस स्थानीय उपभोक्ताहरुले निर्माण गर्नु पर्ने भएपछि स्थानीय उपभोक्ता समुहले काम सुरु गरेका हुन । अन्य प्राविधिक कामको जिम्मा भने ग्रामिण तथा बैकल्पिक उर्जा प्रालिले पाएको छ । ४० किलोवाट क्षमताको परियोजना निर्माण सम्पन्न भएपछि गुम्दीको ५ र ७, मार्पाक ७, दार्खा १ र सत्यदेवी ८ का बासिन्दा लाभान्वित हुने गुम्दीबाट रामेश्वर सिंखडाले जानकारी दिनु भएको छ ।


स्रोत : रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]