अन्तराष्ट्रिय रेडक्रस आइसी आरसी र नेपाल रेडक्रस सोसाइटी बीच गतिविधि आदान प्रदान कार्यक्रम सम्पन्न


YYY
अन्तराष्ट्रिय रेडक्रस आइसी आरसी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको संयुक्त आयोजनामा आज धादिङबेसीमा गतिविधि आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस जिल्ला शाखा धादिङका सभापति ईश्वरी अधिकारीको अध्यक्षता सम्पन्न कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका सहईञ्चार्ज उत्तम कँडेल, नेकपा एमाले धादिङका अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी, नेपाली काँग्रेसका नन्दप्रसाद रिजाल, जिविस धादिङका पूर्व सभापति खेम लोहनी, जिविस धादिङका स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल, प्रहरी उपरिक्षक बसन्त कुँवर, आइसीआरसी मध्यमाञ्चल प्रमुख राम्जी कार्की लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा आइसी आरसी र रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले धादिङमा सम्पन्न गरेका विभिन्न क्रियाकलापहरु र भावी योजनाको बारेमा आयोजकले विषयवस्तु राखेका थिए । बेपत्ता परिवारसम्बन्धी डकुमेन्ट्री समेत प्रस्तुत गरिएको कार्यक्रममा नयाँ स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेललाई स्वागत समेत गरिएको थियो ।

श्रोत-रेडियो बिहानी,धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]