ज्यामरुङमा महिलाहरुको भेला सम्पन्न


YYY
ज्यामरुङ गाउँ विकास समितिका ९ वटै वडाका महिला समूहरुको संयुक्त भेला ज्यामरुङ ८ चामभञ्ज्याङमा सम्पन्न भएको छ । स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थितिमा सम्पन्न भेलाले संगिता धमला अध्यक्ष रहने गरी महिला सञ्चाल गठन गरेको छ । गवगठित ११ सदस्यीय सञ्जालको उपाध्यक्षमा उषा श्रेष्ठ, सचिवमा स्मृती उपाध्याय, सह–सचिवमा फूलमाया बयलकोटी र कोषाध्यक्षमा सविता श्रेष्ठ चयनहुनुभएको छ । सञ्जालले गाविसबाट विनियोजित ६५ हजार रकमको आय मूलक कार्यक्रम सञ्चालन गर्ने र महिला शशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष राखेको सहकर्मी सीताराम सापकोटाले जानकारी दिनुभएको छ ।


श्रोत - रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]