अमेरिकामा खोजिदै नेपाली सुन्दरी


YYY


न्यूयोर्क । नेपालमा मात्र हैन नेपालबाट बिदेश पुगेर ‘मिनी नेपाल’ बनाएको नेपाली डायस्पोराले समेत आफ्नो समुदायमा नेपाली सुन्दरीहरुको खोजी गर्न थालेको छ । नेपालमा बिभिन्न जात, पेशा र क्षेत्रका आधारमा हरेक हप्ताजसो भइरहने सुन्दरी प्रतियोगिताका समाचारलाई पछ्याउँदै अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले पनि मिस नेपाल युएसए २०११ को खोजी थालेका छन् ।

यसरी सुन्दरी खोजीमा निस्किएकी छन एक बेलाकी चर्चित नेपाली नायिका तथा हाल अमेरिकामा बसोबास गरिरहेकी गौरी मल्ल । इ प्लानेट नेपालले इभेन्ट प्लानेट इन्कर्पोरेशन अमेरिकाको सहकार्यमा यहीं अगस्त २०११ मा अमेरिकाको न्युयोर्कमा मिस नेपाल युएसए २०११ गर्ने घोषणा गर्न लागिएको मल्लले जानकारी दिइन् ।

भब्य सुन्दरी प्रतियोगिताका रुपमा गर्न लागिएको मिस नेपाल युएसए २०११ मा १८ देखि २७ वर्षसम्मका अमेरिकामा रहेका नेपाली युवतीहरु सहभागी हुनेछन् । प्रतियोगिताको उद्देश्य अमेरिकामा रहेको नेपाली समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने, नेपालको संस्कृतिको जगेर्ना गर्ने, दक्षता, बौद्धिकता र सौन्दर्यलाई पुरस्कृत गर्ने रहेको मल्लको भनाइ छ ।

सहभागी हुन चाहनेहरुले जुलाई २० सम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाईन र मेलमार्फत पनि दर्ता गराउन सकिनेछ । कार्यक्रमका प्रतियोगिहरुको छनौटका लागि अमेरिकाका दशवटा मुख्य सहरहरुमा अडिशन गरिने छ । जुलाई २ र ३ मा वासिंटन डिसीमा, जुलाई ९ मा बोस्टनमा, जुलाई १० मा एटलान्टा, जुलाई १५ मा न्युयोर्कमा, शिकागोमा जुलाई १६ मा , मियनापोलिसमा जुलाई १७ मा, डेन्भरमा २३ जुलाईमा, डल्लासमा जुलाई २४ मा, शियाटलमा जुलाई ३० मा र जुलाई ३१ मा लस एन्जलसमा अडिशन कार्यक्रम गरिने छ ।

अडिशनबाट छनौट भएका प्रतियोगिहरुलाई व्यक्तित्व विकाशका लागि पूर्ब मिस नेपाल सुगारिका केसी र श्यारोन शेर्पाले अगस्त १२ देखि १९ सम्म न्युयोर्क तालिम दिइनेछ ।

मिस नेपाल युएसए २०११ छनौटका लागि अन्तिम प्रतियोगिता नेपाल पर्यटन वर्ष २०११ को अवसर पारेर अगस्त २०, सन् २०११ मा अमेरिकाको न्युयोर्कमा हुनेछ । कार्यक्रममा नेपाली र पश्चिमी कला, संस्कृति, फेसन र सौन्दर्यको समायोजन समेत हुने आयोजकको दावी छ । अन्तिम प्रतियोगितामा ३० जना सुन्दरीहरुलाई सहभागी गराइनेछ । प्रतियोगितामा विजयी हुनेले पाँचहजार अमेरिकी डलरका साथमा छात्रबृत्ति, प्रमाणपत्र, पुरस्कार र उपहारहरु पनि पाउनेछन् । पहिलो प्रतियोगी र दोश्रो प्रतियोगीले पनि क्रमश तीनहजार र दुईहजार डलरसहित छात्रबृत्ति, उपहार, प्रमाणहरु र पुरस्कारहरु पाउनेछन् ।

मिस नेपाल युएसए २०११का माध्यमबाट नेपालको कला र संस्कृति एवं र व्यक्तित्व विकाशको प्रवर्द्धन गर्ने अपेक्षा गौरीले राखेकी छन् । ‘युवा शशक्तिकरण, नेपालको प्रवद्धन’ भन्ने मूल नाराका साथ हुन गइरहेको कार्यक्रम प्रतियोगीहरुको व्यक्तिगत, पेशागत र बौद्धिक लक्ष्य प्राप्तिका लागि एउटा महत्वपूर्ण प्लेटफर्म हुने बिश्वास गरिएको छ ।

यसअघि अमेरिकामा रहेको नेपालीहरुको संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए)ले पनि आफ्नो बार्षिक अधिवेशनको अबसर पारेर मिष्टर एण्ड मिस एएनए घोषणा गर्दै आएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]