पत्रकार शर्मालाई रवि ज्वाला स्मृती पुरस्कार


YYY
पत्रकार राज शर्मा रवि–ज्वाला संघर्षशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । धादिङबाट प्रकाशन हुँदै आएको जनमुक्तिमार्ग साप्ताहिकको चौथो बार्षिकोत्सवको अवसरमा घोषणा भएको उक्त पुरस्कारबाट पत्रकार शर्मा पुरस्कृत हुनुभएको हो । संकटकालको समयमा पत्रिका प्रकाशनको तयारीका क्रममा सत्यदेवी गाविसमा हत्या गरिएका रवि बोगटी र डम्बर श्रेष्ठ (ज्वाला)को नामबाट ५ हजार राशिको उक्त पुरस्कार यस बर्षबाट पत्रकारितामा संघर्षशील एकजनालाई प्रत्येक बर्ष प्रदान गर्न लागिएको जनमुक्तिमार्ग साप्ताहिकका सम्पादक सुदर्शन खतिवडाले जानकारी दिनुभयो ।
सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडले प्रकाशन गर्दै आएको जनमुक्तिमार्ग साप्ताहिक धादिङमा २०६४ जेष्ठ २१ गतेबाट प्रकाशन प्रारम्भ भएको थियो । शुरुमा आँखु सन्देश पाक्षिक प्रकाशन गर्दै आएको प्रस्ताविक रविज्वाला प्रकाशन प्रालि, धादिङमा क्रियाशील पत्रकार शर्मा हाल रेडियो गण्डकी पोखरामा क्रियाशील हुनुहुन्छ । 

पत्रिकाको चौथो बार्षिकोत्सवको उपलक्ष्यमा आज रेडक्रस तालिम हल धादिङबेसीमा आयोजित विशेष समारोहको एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सभासद पुष्पविक्रम मल्लले उद्घाटन गर्नुभएको थियो । पत्रिकाको सह–सम्पादक नारायण सिलवालको संचालन र  सम्पादक सुदर्शन खतिवडाको सभापतित्वमा सम्पन्न बार्षिकोत्सव समारोहमा सभासदहरु पुष्पविक्रम मल्ल, कल्पना धमला, विरबहादुर तामाङ, जनमुक्ति सेना नेपालका पहिलो डिभिजनका कमाण्डर यमबहादुर अधिकारी (प्रतिक्षा), सहिद स्मृति सञ्चार सहकारीका अध्यक्ष उत्तम कँडेल, प्रमुख जिल्ला अधिकारी भरत पौडेल, स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल, एकीकृत माओवादीका जिल्ला सहइञ्चार्ज रामबहादुर भण्डारी, नेपाली काँग्रेसका भक्त लामा, नेकपा एमालेका शिवराज सापकोटा, प्रहरी नायव उपरिक्षक बसन्त कुँवर लगायतको आतिथ्य रहेको थियो । बार्षिकोत्सवको अवसरमा पत्रिकालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान पत्र, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

स्रोत : रेडियो बिहानी, धादिङ


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]