तामाङ कक्षा सञ्चालनको तयारी


YYY
तामाङ विद्यार्थीहरुको बाहुल्यता रहेका विद्यालयहरुमा तामाङ मातृभाषामा कक्षा सञ्चालन गर्ने उद्देश्यले जिल्लाका ५० जना तामाङ शिक्षकहरुको लागि तालिम सुरुभएको छ । नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि प्रतिष्ठान धादिङ र जिल्ला शिक्षा कार्यालयको समन्यवमा तालिम सुरुभएको हो । बच्छलादेवी उच्च माध्यमिक विद्यालय सत्यदेवी र वागेश्वरी उच्च माध्यमिक विद्यालय बैरेनीमा आजदेखि तालिम सुरुभएको हो । बागेश्वरी उच्च माध्यमिक विद्यालय स्रोत केन्द्रमा आज भएको तालिम उद्घाटन कार्यक्रममा स्रोतव्यक्ति सादुराम देवकोटाको अध्यक्षता र बागेश्वरी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज खतिवडाको विशेष आतिथ्य रहेको थियो । नेपाल तामाङ शिक्षक संगठन धादिङका संयोजक हरिशरण तामाङको आतिथ्य रहेको तालिममा शिक्षक सुभास योञ्जन र विरेन्द्र तामाङले तामाङ भाषा र लिपिको विषयमा प्रशिक्षण दिनुभएको थियो । तालिम अहि असार ७ गतेसम्म सञ्चालन हुने छ ।


श्रोत - रेडियो बिहानी धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]