विद्यालयको अभिभावक भेला सम्बन्धि कार्यक्रम


YYY
चक्रेश्वरी निम्न माध्यमिक विद्यालय त्रिपुरेश्वर ६ अचनेभञ्ज्याङको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको संयुक्त भेला आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा सम्पन्न भेलामा विद्यालयको शैक्षिक र भौतिक अवस्थाको बारेमा अन्तरक्रिया गरिएको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक रामबहादुर खनालले शैक्षिक शत्र लगत्तै विद्यार्थीको शिक्षण सिकाइ प्रक्रिया, विद्यार्थी मूल्याङ्कन प्रक्रियाको र पृष्ठ पोशणको बारेमा प्रष्ट पार्नुभएको सहकर्मी सीताराम सापकोटाले जानकारी दिनुभएको छ ।



कुमारी देवी माध्यमिक विद्यालय ज्यामरुङ ५ आँपटारीको चौथो अभिभावक भेला विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पुनर्गठन गर्दै आज सम्पन्न भएको छ । विद्यालयका निवर्तमान अध्यक्ष शम्भु मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न भेलाले ठकुरी नै अध्यक्ष रहने गरी विद्यालय व्यवस्थापन समिति पुुनर्गठन गरेको छ । यसैगरी डण्डपाणी कडरियाको अध्यक्षतामा शिक्षक अभिभावक संघको पनि पुनर्गठन गरिएको छ । भेला जिल्ला शिक्षा कार्यालय धादिङका विद्यालय निरिक्षक निर्मला देवी लामीछानेको प्रमुख आतिथ्य र नेत्रावती सामुदायिक क्याम्पस खहरेका प्रमुख बालकृष्ण तिमल्सिनाको विशेष आतिथ्यमा सम्पन्न भएको शिक्षक छन्दुप्रसाद थपलियाले जानकारी दिनुभएको छ ।

श्रोत - रेडियो बिहानी, धादिंग

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]