ब्यापारीको मनोमानीको कारण तरकारीको बजार मुल्य अस्थिर


YYY
ब्यापारीहरुले मनोमानी तरीकाले मुल्य निर्धारण गर्दा तरकारीको बजार मुल्य अस्थिर बनेको छ । तरकारी व्यापारीहरुबीचको अस्वस्थ्य प्रतिस्पर्धाले कृषकले उत्पादन गरेको तरकारीको बजार मुल्य अस्थिर बनेको हो । कृषकहरुले उत्पादन गरेको तरकारी बजारमा ल्याउँदा ब्यापारीहरुले मनोमानी मूल्य निर्धारण गर्ने र एक आपसमै प्रतिष्पर्धाका नाममा बार्गेनिङ्ग गर्न थालेपछि किसानहरु आजीत बन्दै गएका छन् । एउटै बजारमा पनि एक दिनको अन्तरमा समेत तरकारीको मूल्यमा आकाश जमिनको अन्तर देखिन थालेपछि नेपाली किसानहरु मर्कामा परेका हुन् ।

त्यसो त बजारमुल्य स्थिर बनाउनकै लागी नबज्योती तरकारी तथा फलफुल सहकारी धार्केले किसानहरुबाट तरकारी बेचेर आएको आम्दानीको १५ रकम सेवा सुल्क लिने गरेको छ । तर सहकारीले सेवा सुल्क लिए पनि बजार मुल्य भने स्थिर बनाउन नसकेको आरोप किसानले लगाएका छन । किसानले लगाएको आरोप स्विकार्दै अगुवा कृषक एबम सहकारीका कोषाध्यक्ष लक्ष्मण लुइटेलले भाडाको जग्गामा बसुन्जेल सहकारीले तरकारीको मुल्यमा स्थिरता ल्याउन नसकिने बताउनुभयो । साथै उहाले किसानबाट उठाएको सेवा सुल्क स्टल भाडा तिर्न र स्टाफलाई तलब दिन मात्र पुगेको उहाँको भनाई छ ।
तरकारीको बजारमुल्यमा एकरुपता ल्याउन नसक्नुमा किसानको पनि कमजोरी रहेको तरकारी ब्यापारीहरुको भनाई रहेको छ । किसानले उत्पादन गरेको तरकारी राम्रो नराम्रो एकैठाउमा मिसाएर ल्याउने कारणले गर्दा एकनासको बजार नपाएको ब्यापारीहरु बताउँछन् । किसानको समस्यालाई ध्यानमा राखेर सहकारीले छिट्टै नै ग्रेडिङ ब्यबस्था गर्नलागेको सहकारीका ब्यबस्थापक लक्ष्मण आचार्यले बताउनु भयो ।

श्रोत - रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]