चैनपुरमा मन्दीर निर्माण


YYY
चैनपुर गाउँ विकास समिति वडा नं. ३ निवासी समाजसेवी तथा बृद्धिजिवि लोखनाथ लोहनीले चैनपुरको साना किसान भवन अगाडी श्री कृष्ण तथा शिव, पार्वती र गणेशको मन्दीर निर्माण गर्नुभएको छ । आफ्ना हजुरवुवा, हजुरआमा एवम् बुबाको सम्झनामा ६ लाख २५ हजार ३ सय ८४ रुपयाँको लागतमा मन्दीरको निर्माण गरिएको हो । निर्माण सम्पन्न भएको मन्दीरमा आज बिहान एक भव्य समारोहका बीच मूर्ति प्रतिस्थापन र प्राण प्रतिष्ठा समेत गरिएको छ । सो अवसरमा वाजागाजा सहित सोभा यात्रा समेत गरिएको छ । मन्दिरको निर्माण पछि साँस्कृतीक सम्पदाको विकास भइ चैनपुरको नाम फैलिने र धार्मिक पर्यटनमा समेत टेवा पुग्ने निर्माता लोहनीको विश्वास छ । मन्दीरको निर्माण भएपछि दैनिक पुजा आजामा सहज भएको चैनपुरबाट विजयकुमार केसीले जानकारी दिनुभएको छ ।
फोटो:भबनाथ लोहनी, चैनपुर
स्रोत : रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]