धादिङका एक युवा त्रिशुलीमा बेपत्ता


YYY
धादिङ कटुञ्जेका एक युवा त्रिशुली नदीमा बेपत्ता भएका छन् । नुवाकोटको तारुका गाउँ विकास समिति वडा नं. १ तारुकाघाटमा सञ्चालन भइरहेको सप्ताह ज्ञान महायज्ञको लागि तारुकाघाट पुगेका कटुञ्जेका अन्दाजी २२ वर्षीय भरत रिमाल नुहाउने क्रममा त्रिशुलीमा बेपत्ता भएका हुन् । बेपत्ता रिमालको अहिले सम्म पत्तो लाग्न नसकेको र स्थानीय बासीन्दा एवम् तारुकाघाट प्रहरीको सकृयतामा खोजी कार्य भइरहेको स्थानीय खिलनाथ अधिकारीले बताउनुभयो । 

स्रोत : रेडियो बिहानी, धादिङ


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]