मुरलीभञ्ज्याङमा गाउँघर क्लिनिकको उद्घाटन


YYY
मुरलीभञ्ज्याङ गाउँ विका समिति वडा नं. ३ रामकोटमा नवनिर्मित रामकोट गाउँघर क्लिनिकको उद्घाटन गरिएको छ । स्वास्थ्य मन्त्रालयका निती योजना महाशाखा प्रमुख बालकृष्ण सुवेदीले विशेष कार्यक्रमका विच रिबन काटेर सो भवनको उद्घाटन गुर्नभएको हो । शान्ति नेपालको ६३ हजार ५ सय ८३, मनकामना सामुदायिक वनको नगद २१ हजार र ५० हजार बराबरको काठ , वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाको ६० हजार बराबरको जनश्रमदान र स्थानिय बासिन्दाहरुबाट चन्दा स्वरुप संकलित ३४ हजार ३ सय ५७ गरी कुल २ लाख ४९ हजार ३ सय ४० रुपैयाको लागतमा भवनको निर्माण सम्पन्न भएको हो । आज नै मुरलीभञ्ज्याङ उपस्वास्थ्य चौकीकी मातृशिशु कार्यक्रर्ता भेषकुमारी थापाले गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गरि गाँउघर क्लिनिक भवनबाट सेवा सुरु गर्नु भएको छ । 

स्रोत : रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]