इजरायलमा पनि "शब्दसञ्जाल"को सफलतापूर्बक बिमोचन !!


YYY




साहित्य सञ्जाल नेपालको प्रथम प्रकाशन "शब्दसञ्जाल" नेपाल र इजरायलमा एकैदिन बिमोचन हुने पूर्वकार्यक्रम अनुरुप निकै अप्ठ्यारा र ब्यस्तताका बाबजुद हिजो साँझ तेल अभिब शहरमा इजरायलमा रहेर नेपाली साहित्यमा अभिरुची राख्नुहुने साहित्यिक मनहरु माझ सार्वजनिक गरियो। लाँकुरी भञ्ज्याङ्गका सुसेलीदेखी डायस्पोराका शब्दगुञ्जन समेटेर नेपाली साहित्यको उत्थानमा अर्को एक मजबुत इँट्टा थप्ने अठोटका साथ गठन भएको बिशुद्द साहित्यिक संस्था 'साहित्य सञ्जाल नेपाल' को प्रथम प्रकाशन "शब्दसञ्जाल" लाई नेपाल र इजरायलमा एकैदिन बिमोचन गर्ने एक महत्वपूर्ण कार्यक्रमको हकदार हुने अवशर इजरायलमा रहेका नेपाली साहित्यकर्मी /साहित्यप्रेमीहरुलाई प्राप्त हुनु आँफैँमा गर्वको कुरा थियो।

साहित्य सञ्जाल नेपालको जन्म भएदेखीनै इजरायलमा रहेका नेपाली साहित्यप्रेमीहरुले यस् सञ्जालप्रती अत्यन्तै हार्दिक सम्मान माया र सदभाब राख्दै ऐक्यबद्दता जनाउन लाँकुरी भञ्ज्याङ्गको साहित्यिक बनभोजका अवशरमा समेत सोही दिन इजरायलमा साहित्यिक भेला तथा जलपान समारोह गरी हर्सोल्लास मनाएका थिए। भूगोलको अर्कै अर्कै कुनामा रहेपनी, नियतिका ज्वारभाटासङ्गै जहाँजहाँ भौँतारिएपनी हौँ त हामी नेपाली नै। र हाम्रो भाषा साहित्यका सवालमा जन्मिएको यो बिशुद्द साहित्यिक सञ्जालसँग हामी संधै एकाकार छौँ, हाम्रो ऐक्यबद्दता छ भन्नकालागी पनि इजरायलमा रहेका नेपाली मनहरु निकै अप्ठ्यारा र ब्यस्ततालाई पन्छाएर हिजो तेलअभिब शहरमा भेला भएका थिए। परदेशको बसाइ, पराइको नुनपानीको जन्जिरमा अड्किएर चाहँदाचाहँदैपनी धेरै साहित्यिकमनहरु उपस्थित हुननसक्नुभएको अवस्थामापनी उक्त बिमोचन कार्यक्रम हर्षपूर्ण र सफलतापूर्बक सम्पन्न भएको कुरा साहित्यकार कृष्णपक्ष ज्युले बताउनुभयो।

साँझ साँढे पाँच बजे सुरु भएको उक्त बिमोचन कार्यक्रम समयमै सन्चालन गर्न जुट्नुभएको थियो साहित्यकर्मी कृष्णपक्ष, दीप्स शाह,श्याम रोक्का, सञ्चारकर्मी पुष्प श्रेष्ठ लगायत अन्य साथीहरु। "शब्दसञ्जाल" बिमोचन तथा साहित्यिक भेला नाम दिइएको उक्त कार्यक्रममा असाध्यै ब्यस्तता छिचोल्दै कबी हरी मानन्धर,गीतकार सुमन कार्की, गजलकार भगवती बस्नेत तथा भगवती कँडेल, श्याम रोक्का, कबी सुमित्रा पौडेल, हाइकु सर्जक हरी अधिकारि,सन्चारकर्मी पुष्प श्रेष्ठ, साहित्यप्रेमी सोनम शेर्पा, ल्हमु शेर्पा, छ्योइसाङ्ग लामा तमाङ, डिल्ली प्रशाद वाग्ले , कुमार दाहाल, सन्तोष थापा लगायत अन्य धेरै साहित्यिकमनहरुको उत्साहप्रद सहभागिता थियो। कार्यक्रममा सामुहिक रुपमा 'शब्दसञ्जाल'को सार्वजनिक गरेपछी साहित्यिक भेलामा रौनक थप्न सर्जकहरुबाट मौलिक रचनाहरु समेत वाचन गरिएको थियो। र अन्तमा जलपान सहित साहित्यिक छलफल कार्यक्रमसङै कार्यक्रमको समापन भएको थियो। करिब् डेढ घण्टा चलेको उक्त कार्यक्रमले 'साहित्य सञ्जाल नेपालको' मूल मर्म "जहाँ नेपाली त्यहाँ नेपाल" लाई साकार पार्ने प्रयास गरेको अनुभब गर्न सकिन्थ्यो।

"जहाँ नेपाली त्यहाँ नेपाल"!!



भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]