अनुशिक्षण तालिम सुरु


YYY
स्थानीय स्तरमा रहेका महिलाहरुलाई आयमुलक कार्यमा आकर्षित गर्ने र शिक्षत बनाउने उद्देश्यका साथ किराञ्चोक ९ डाँडागउँमा ३ दिने अनुशिक्षण तालिम सुरुभएको छ । महिला तथा बालबालिका कार्यालय धादिङको आयोजनामा सुरुभएको तालिममा किराञ्चोक ९ का ४५ जना महिलाहरुको सहभागिता रहेको छ । तालिमको पहिलो दिन आज महिला विकास कार्यालय धादिङका प्रतिनिधि रीता उप्रेती र सरस्वती उप्रेतीले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा सहभागिलाई ७ वटा छुट्टा–छुट्टै समूहमा विभाजन गरी प्रत्येक समूहबाट १ जना रहनेगरी राधाकृष्ण महिला विकास समिति गठन गरिएको छ । नव गठित समितिको अध्यक्षमा चेलीमाया तामाङ, उपाध्यक्षमा रामप्यारी अधिकारी, सचिवमा गीता अधिकारी र कोषाध्यक्षमा विष्णुमाया तामाङ रहनु भएको किराञ्चोकबाट सहकर्मी किशोर अधिकारीले जानकारी दिनुभएको छ ।

श्रोत - रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]