मार्पाकमा एक वृद्धा मृत अवस्थामा


YYY
मार्पाक गाउँ विकास समिति वडा नं. ७ चापकुना निवासी ६० वर्षिय टेकबहादुर राना मगर आज बिहान मृत अवस्थामा भेटिएका छन् । हिजो बेलुकासम्म सकुसल रहेका राना आज बिहान साङ्कोष तिप्लिङ सडक खण्ड अन्तर्गत मार्पाक डि स्थित सडक भन्दा करिव २० फिट तल मृत अवस्थामा भेटिएका हुन् । मृतक रानाको अनुहारमा गम्भीर चोट रहेको छ । मृतकको शवलाई पोष्टपार्टमको लागि जिल्ला अस्पताल धादिङ ल्याइएको छ । घटना संकास्पद रहेकाले अनुसन्धान भइरहेको मार्पाक प्रहरी प्रमुख प्रेमध्वज घलेले जानकारी दिनुभयो । 

स्रोत : रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]