गणकहरुको तालिम सुरु


YYY
“कोहि नछुटौँ, कोहि नदोहोरिउँ, अक्सर बसोवास गरेकै स्थानबाट नाम लेखाउँ”  भन्ने मुल नारका साथ सुरुभएको राष्ट्रिय जनगणना २०६८ को लागि छनौट भएका गणकहरुको तालिम आजदेखि सुरुभएको छ । धादिङमा एड्भान्स एकेडेमी धादिङबेसी, अचने उच्च माध्यमिक विद्यालय खहरे, आदर्श उच्च माध्यमिक विद्यालय गजुरी र मछिन्द्र उच्च माध्यमिक विद्यालय खानीखोला केन्द्रमा जम्मा ४ सय ३० जना गणकहरुको लागि तालिम सुरुभएको हो । आगामी असार ३ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जनगणना अभियानमा खटिने गणकहरुलाई जन गणनाका लागि आवश्यक जानकारी दिनको लागि तालिम सञ्चालन गरिएको जिल्ला जनगणना कार्यालय धादिङले जनाएको छ । ५ दिने तालिमको पहिलो दिन आज धादिङबेसी स्थित एड्भान्स एकेडेमिमा सञ्चालन भएको तालिममा जिल्ला जनगणना अधिकृत शुसिल शर्मा र इलाका संयोजक विश्वदर्पण ढुङ्गानाले विषयबस्तुको बारेमा जानकारी गराउनु भएको थियो । तालिममा १ सय ४० जनाको सहभागिता रहेको थियो । 

यसैगरी अचने उच्चमाध्यमिक विद्यालयमा आजबाट सुरुभएको तालिममा सोहि इलाकाका कार्यक्रम संयोजक रामकृष्ण धरेलका साथै यमबहादुर बानिया, भिमबहादुर थापा र मेनुका शर्माले सहभागिलाई जनणनाको उद्देश्य, आवश्यकता, महत्व र गणकको काम कर्तव्यको बारेमा जानकारी गराउनु भएको थियो । तालिममा जिल्लाको उत्तरी क्षेत्रका १६ वटा गाविसका १ सय १० जना गणकहरुको सहभागिता रहेको हाम्रा स्थानीय सहकर्मीले जानकारी दिनुभएको छ । 

यस्तै गजुरी केन्द्रमा इलाका संयोजक सोमराज सिलवाल र खानीखोलामा राजकुमार कुँवरको संयोजकत्वमा आजदेखि तालिम सञ्चालन भएको जिल्ला जनगणना अधिकृत शुसिल शर्माले जानकारी दिनुभयो । 

स्रोत : रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]