ज्यामरुङमा सामुदायिक स्वास्थ्य परियोजनाको भवन


YYY
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् धादिङ क्षेत्र नं. १ का सभासद पुष्प विक्रम मल्लले भदौ १४ सम्मपनि देशले निकास पाउनेमा आशंका व्यक्त गर्नुभएको छ । टुकी नेपाल समाज र साथी संस्था स्विडेनको लगानीमा निर्मित ज्यामरुङ सामुदायिक स्वास्थ्य परियोजनाको भवन उद्घाटन गर्दै मल्लले अहिलेको मुख्य संघर्ष राष्ट्रवादी र राष्ट्रघाती बीचमा भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मल्लले सामाजिक प्रयोजनका लागि ज्यामरुङमा सामुदायिक स्वास्थ्य परियोजनाको भवन निर्माण गरेकोमा संस्थाको प्रशंसा गर्नुभयो ।

यसैगरी सामाजिक कार्यमा हात हाल्न उहाँले सम्पूर्ण संघ–संस्थालाई आग्रह समेत गर्नुभएको छ । यसैगरी कार्यक्रममा संबोधन गर्दै धादिङ क्षेत्र नं. २ का सभासद एवम् कार्यक्रमका विशेष अतिथि कल्पना धमलाले संविधान सभाको म्याद थपिंदा संकट टरेको नभइ सरेको बताउनु भयो । गाउँको विकासको लागि स्थानीय बासीन्दा आफैँपनि सक्रिय हुनुपर्ने उहाँको भनाई थियो । सामुदायिक स्वास्थ्य परियोजनको भवन टुकी नेपाल समाज र साथि संस्था स्विडेनको १३ लाख रुपयाँको लगानीमा निर्माण गरिएको हो । भवन निर्माण पश्चात संस्थाले आवश्यक स्वास्थ्य सामग्री समेत खरिद गरीसकेको छ । एकीकृत माओवादी धादिङका सहइञ्चार्ज रामबहादुर भण्डारी, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रमोद पोखरेल सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि र संघ–संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहको भवन उद्घाटन कार्यक्रम टुकी नेपाल समाजका अध्यक्ष कमल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

श्रोत-रेडियो बिहानी,धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]