जिल्ला जनगणनामा साना दलको ताला खुल्यो


YYY
ठुला राजनितिक दलहरुले आफूखुसी गणक चयन गरेको भन्दै साना दलहरुले जिल्ला जनगणना कार्यालय धादिङमा लगाएको ताला प्रहरीले खुलाएको छ । जन गणनाको लागि गणक चयनमा आफूहरुलाई उपेक्षा गरिएको भन्दै नेकपा एकिकृत, नेकपा माले, राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र ताम्सालिङ नेपाल राष्ट्रिय दलले लगाएको ताला आधा घण्टा पछि प्रहरीले खुलाएको हो । मध्यान्ह १२.३० वजे राष्ट्रिय जनशक्ति पार्टीका नन्दप्रसाद कार्पी लगायतले कार्यालय प्रमुख शुशिल शर्मालाई कार्यकक्षबाट बाहिर निकाल्दै कार्यालयमा ताला लगाएका थिए । चार दिन अघि प्रमुख जिल्ला अधिकारी भरत पौडेललाई ज्ञापनपत्र बुझाई साना दलहरुलाई उपेक्षा नगर्न आग्रह गरेको भएपनि आफुहरुको माग प्रति कुनै सुनुवाई नभएको साना दलहरुले वताएका छन् ।

स्रोत: रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]