मैदीमा बाख्रा पालन तालिम


YYY
सामुदायिक मेलमिलापकर्ताको आय आर्जन विस्तार गर्ने उद्देश्यले मैदी गाउँ विकास समिति वडा नं. ७ सातदोवाटोमा आज एक कार्यक्रमका बीच घुम्ती कोष वितरण गरिएको छ । जगतज्योती सामुदायिक विकास समाजको आयोजना र युनाइटेड मिसन टु नेपाल धादिङ क्लष्टरको आर्थिक सहयोगमा आज ९ जना सकृय मेलमिलापकर्ताहरुलाई जनही ११ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो । वितरित रकम बाख्रा पालनमा खर्च गरिने भएको छ । सो रकम खर्च गरेबापत वार्षिक ५ प्रतिशत सेवा शुल्क बुझाउनु पर्ने रकम वितरक संस्थाले जनाएको छ । जगतज्योती सामुदायिक विकास समाजले यसअघि मैदीका दुईवटा समूहमा बाख्रा पालन सम्बन्धी तालिम समेत दिएको थियो । आजभएको सहयोग रकम हस्तान्तरण कार्यक्रम जगतज्योती सामुदायिक विकास समाजका अध्यक्ष दुर्गा नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको मैदीबाट सुरेस सिग्देलले जानकारी दिनुभएको छ ।


स्रोत : रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]