भारत संविधान नबनोस् भन्ने चाहन्छ: जमरकट्टेल


YYY
धादिङ क्षेत्र नं. ३ का सभासद शालिकराम जमरकट्टेलले भारत नेपालमा कुनैपनि हालतमा संविधान बन्न नदिने खेलमा लागेको बताउनुभएको छ । पाताल्नी निम्न माध्यमिक विद्यालय गजुरी १ आदमाराको प्रथम जन्म जयन्तिको अवसरमा बोल्नुहुँदै जरकट्टेलले माओवादीले जसरी पनि जनसंविधान बनाएरै छाड्ने दावी गर्नुभएको छ । नेपाल भित्र पनि एमाले र काँग्रेसका केहि व्यक्तिहरुले संविधान नबनोस् भन्ने चाहेको उहाँको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका जमरकट्टेलले राष्ट्रिय एकताको लागि वाम एकीकरण अपरिहार्य रहेकोमा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द ढुङ्गानाको अध्यक्षता रहेको कार्यक्रममा माओवादी ताम्सालिङ राज्य समिति सदस्य तारा भण्डारी, धादिङका १२ नं. इलाका इञ्चार्ज ध्रुव सुवेदी, अखिल क्रान्तिकारीका जिल्ला सचिव नकुल थापा, किराञ्चोक कटुञ्जे माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण जमरकट्टेल लगातयको आतिथ्य रहेको थियो । सो अवसरमा स्थानीय बासीन्दाले सभासद जमरकट्टेललाई बाजागाजा सहित स्वागत गरेका सहकर्मी राजन अधिकारीले जानकारी दिनुभएको छ ।


श्रोत - रेडियो बिहानी धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]