कठिन श्रम गरी रहेको अवस्थामा धादिङबेसीको एक होटलबाट दुई बालकको उद्धार


YYY
जिल्ला बालक्लव सञ्जाल धादिङले कठिन श्रम गरीरहेको अवस्थामा भेटिएका दुई जना बालकलाई धादिङबेसीको एक होटलबाट उद्धार गरेको छ । बाल श्रम विरुद्धको अन्तराष्ट्रिय दिवसको भोलीपल्ट जिल्लाको गुप्ता होटल एण्ड लजमा कठिन श्रम गर्न बाध्य बालकहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएका बालकहरुमा धादिङको खाल्टे गाउँ विकास समितिका १३ वर्षीय प्रसान गुरुङ र सोहि स्थानका वर्ष १३ का आशबहादुर गुरुङ रहेका छन् । जिल्ला बालक्लव सञ्जाल धादिङका अध्यक्ष टेकमान शाक्यको नेतृत्वमा प्रहरी संग समन्वय गरी उनीहरुलाई उद्धार गरिएको हो । उनीहरु हाल जिल्ला बालक्लव सञ्जालको संरक्षकत्वमा रहेका छन् । उद्धार गरिएका बालकहरुलाई भोली परिवारको जिम्मा लगाइने सञ्जालका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । नेपालमा झण्डै १८ लाख नेपाली बालबालिकाहरु श्रममा संलग्न भएको पाइएको छ । यस्तै १ लाख २७ हजार बालबालिकाहरु निकृष्ट प्रकारको बाल श्रममा संलग्न भइरहेको विभिन्न अध्ययनले देखाएको छ । बालबालीकाहरुलाई श्रमबाट मुक्त गरी उनीहरुको हकअधिकार सुनिश्चित गर्न तर्फ सरोकारवाला निकायले थालेको पहल भने खासै प्रभावकारी नभएको नागरिकहरुको गुनासो छ ।

श्रोत - रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]