अनियन्त्रित रुपमा ढुङ्गा वालुवा निकाल्ने कार्यलाई नियन्त्रण गर्न एक कार्यक्रमका सहभागिको माग


YYY
जिल्लाका विभिन्न खोलानाला र नदिहरुबाट अनियन्त्रित रुपमा ढुङ्गा वालुवा निकालिएको भन्दै त्यसलाई तत्काल नियन्त्रण गर्न आज धार्केमा आयोजित एक कार्यक्रमका सहभागिले माग गरेका छन् । नेपाल पत्रकार महासंघ धादिङ संगको समन्वयमा जिल्ला विकास समितिले आयोजना गरको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागिले यस्तो माग गरेका हुन् । कार्यक्रमका सहभागिले महेश खोलाबाट रातारात अनियन्त्रित रुपमा ढुङ्गा वालुवा निकालिएकोले खोलाको संरचनामा नै असर परेको भन्दै असन्तुष्टि जनाएका छन् । खोलानालामा ४० सेन्टिमिटर भन्दा बढि खन्न नपाईने नियम हुँदा–हुँदै पनि यसको पालना नगरी ढुङ्गा वालुवा निकाल्दा खोलाको सतह गहिरिएर सिँचाइ सुुविधा पुगिरहेका कतिपय खेतहरु समेत बाँझिन सक्ने उनीहरुको भनाई थियो । सो अवरमा सहभागिले उठाएका सवालहरुको जवाफ दिँदै स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलले खोलानाला बाट आनियन्त्रि रुपमा ढुङ्गा वालुवा निकाल्ने कार्यलाई बन्द गर्न तत्काल पहल गर्ने आश्वासन दिनुभएको छ । सो अवसरमा सहभागिहरुले कृषिमा सरकारी लगानी कम भएको, जनमुखि कार्यक्रमहरु ल्याउन नसकेको, विकास निर्माणमा राजनीति भएको लगायतका गुनासो गरेका थिए । जिल्ला विकास समिति धादिङका योजना अधिकृत रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमा जिल्ला विकास समिति धादिङका स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल, प्रमुख जिल्ला इञ्जिनियर गुरुप्रसाद शर्मा, पत्रकार महासंघ धादिङका सभापति सीताराम प्रसाद बर्मा, सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय बासीन्दाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रेडियो बिहानीका स्टेसन म्यानेजर सुदर्शन खतिवडाले गर्नुभएको थियो ।

श्रोत - रेडियो बिहानी धादिंङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]