वर्तमान अवस्थामा सबै राजनीतिक दल मिल्नु पर्ने : सभासद पुष्प विक्रम मल्ल


YYY
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं धादिङ क्षेत्र नं. १ का सभासद पुष्प विक्रम मल्लले वर्तमान अवस्थामा सबै राजनीतिक दल मिल्नु पर्ने बताउनु भएको छ । तामाङ खर्क उच्च माध्यमिक विद्यालय गुम्दीको स्वर्ण महोत्सव समापन समारोमा सम्बोधन गर्दै मल्लले सो कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मल्लले विद्यालयलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी प्रसाद सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य हरि प्रसाद सिंखडाको विशेष आतिथ्य रहेको थियो । गत सोमबार बाट सुरु भएको स्वर्ण महोत्वसको अन्तिम दिन आज विद्यालयमा विविध साँकृतीक प्रस्तुतीहरु समेत सम्पन्न भएको शिक्षक ढकमान बज्राचार्यले जानकारी दिनुभएको छ ।


स्रोत : रेडियो बिहानी, धादिङ



भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]