पूर्व प्रधानसेनापतिलाई कारबाही गर्न मानवअधिकार समितिको निर्देशन


YYY
जेठ २० काठमाडौं। संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार समितिले एक फैसला गर्दै नेपालले फेरि नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको उल्लङ्घन गरेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार समितिले गरेको फैसलाका बारेमा शुक्रबार काठमाठौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

द्वन्द्वकालमा बाँकेको कोहलपुर ७ का युवराज गिरीलाई बिना कुसुर यातना दिइएको ठहर गर्दै समितिले पीडितलाई क्षतिपूर्ति र पीडकलाई कानुनी कारबाही अघि बढाउन समितिले निर्देशन दिएको एड्भोकेसी फोरमका कार्यकारी निर्देशक मन्दिरा शर्माले जानकारी दिनुभयो । गिरीलाई २०६१ बैशाखमा तत्कालिन शाही सेनाले भरबाटै पक्राउ गरी १३ महिना थुनामा राखेर यातना दिएको ठहर गर्दै समितिले यातना दिनमा दोषी रहेका तत्कालिन शाही नेपाली सेनाका मध्यपश्चिम क्षेत्रीय प्रमुख तथा पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाललाई कारबाही प्रक्रिया अघि बढाउन र त्यसबारे १ सय ८० दिनभित्र समितिले जानकारी गराउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

कटवाललाई कारबाही प्रक्रिया चलाए वा नचलाएको बारेको अनुगमन भने नेपालमा रहेका अधिकारकर्मी सङ्घसंस्थाले गर्ने भएका छन् । पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही नगरिए नेपाललाई सबै प्रकारको सहयोग रोक्का गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिने अधिकारकर्मी तथा इन्सेकका अध्यक्ष सुबोध प्याकुरेलले चेतावनी दिनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]