पिंडा र धुसामा स्वास्थ्य शिविर सम्पन्न


YYY
सरस्वती प्राथमिक विद्यालय पिंडा २ कर्कलेमा १८ बर्ष मुनीका बालबालिकाहरुको लागि आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । सरस्वती प्राथमिक विद्यालको आयोजना र बाल वातावरण केन्द्र नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको शिविरमा ३ सय ८० जना बालबालिकाहरुको स्वास्थ्य परिक्षणण गरिएको छ । मोतीलाल राइको नेतृत्वमा रहेको ८ जना चिकित्सकहरुको टोलीले बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेको थियो । शिविरमा आएका बालबालिकाहरुलाई आवश्यकता अनुसार औषधी समेत वितरण गरिएको पिंडाबाट रमेश वस्तीले जानकारी दिनुभएको छ ।

यसैगरी धुषा गाउँ विकास समिति स्थित स्वादुलमा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महिला स्वास्थ्य समिति स्वादुल र धादिङ सम्पर्क मञ्च चितवनको आयोजनामा सम्पन्न शिविरमा स्त्री रोग, बालरोग, आँखा रोग एव अन्य विभिन्न किसिमका सामान्य रोगका ४ सय १ जना विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । डा. सन्देश पौडलको नेतृत्वमा रहेको २० जना चिकित्सकको टोलीले शिविरमा विरामीहरुलाई सेवा दिएको थियो । शिविरमा स्थास्थ्य परिक्षण गराएका मध्ये ९ जना पाठेघर खस्ने समस्याका र १२ जना आँखाका रोगीलाई थप उपचारको लागि अन्यत्र लगिने आयोजकले जनाएको छ । शिविरमा धादिङको धुषा र चितवनको लोथर गाउँ विकास समितिका बासीन्दाले सेवा लिएका स्वादुलबाट मुननारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

स्रोत : रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]