अंग्रेजी र विज्ञान विषयका शिक्षकहरुले तालिम भत्ता बहिस्कार


YYY
जिल्लाका सामुदायिक विद्यालयहरुबाट ‘शिक्षकको पेशागत सीप विकास’ टिपिडि तालिममा सहभागि हुन आएका अंग्रेजी र विज्ञान विषयका शिक्षकहरुले तालिमको दैनिक भत्ता रकम बहिस्कार गरेका छन् । गाउँ–गाउँबाट तालिममा सहभागिहुन आएका शिक्षकहरुलाई आवत–जावत र खानबस्नको लागि न्यूनतम रकम समेत उपलब्ध नगराएको भन्दै उनिहरुले भत्ता बहिस्कार गरेका हुन् । शिक्षकहरुलाई दैनिक १ सय ७० रुपयाँ भत्ता उपलब्ध गराइएको थियो । अहिलको महङ्गिमा होटलमा बसेर खान र आउन जान धेरै खर्च भएको भएपनि त्यो अनुसार नभएका कारण भत्ता बहिस्कार गरिएको शिक्षक सुनिल तिवारीले बताउनुभयो । तालिममा सहभागी शिक्षकहरुले भत्ता बहिस्कार गर्ने निर्णको प्रतिलिपि जिल्ला शिक्षा अधिकारी मानबहादुर क्षेत्रीलाई बुझाएका छन् ।

यसैबीच धादिङका जिल्ला शिक्षा अधिकारी मानबहादुर क्षेत्रीले यस विषयमा आफूले केहि गर्न नसक्ने बताउनु भएको छ । शिक्षा मन्त्रालयले शिक्षा नियमावली अनुसार पठाएको रकम आफूहरुले सहभागि शिक्षकलाई उपलब्ध गराएको भन्दै उहाँले त्यसको लागि शिक्षा नियमावलीनै परिवर्तन हुनु पर्ने बताउनु भयो । शिक्षकहरुले भत्ता बहिस्कार गर्ने निर्णय आफूलाई पनि जानकारी गराएको र औपाचारिक रुपमा निवेदन लेखेर दिएमा यस विषयमा माथिल्लो निकायमा आफूले जानकारी गराइदिने उहाँको भनाई थियो ।

स्रोत : रेडियो बिहानी, धादिङ


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]