व्यवसाय प्रर्बधन तालीम सम्पन्न


YYY
व्यवसाय प्रर्बधन सम्बन्धी ३ दिने तालीम पिंडा गाउँ विकास समितिको तालिम हलमा आजबाट सुरुभएको छ । प्रयास नेपाल धादिङ र यूनाईटेड मिशन टु नेपाल धादिङ क्लष्टरको साझेदारीमा संचालित बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम अन्र्तगत सञ्चालन भएको तालिममा पिंडाको वडा नं. ३ र ४ मा गठन भएका १२ वटा समूहका २७ जना महिलाको सहभागिता रहेको छ । तालीममा साना किसान कृषि सहकारी संघका जिल्ला अध्यक्ष शिव भण्डारीले व्यवसाय गर्दा ध्यान दिनु पर्ने कुराहरुको विषयमा जानकारी गराउनु भएको थियो । 

व्यवसाय गर्न इच्छुक सदस्यहरुको लागि आयोजना गरिएको तालीममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, सचिव उषा बि.क, यूनाईटेड मिशन टु नेपाल धादिङ क्लष्टरका सिनियर कार्यक्रम अधिकृत निर्मल भण्डारी लगायतले कार्यक्रमको संचालन प्रक्रिया र कार्यक्रमको औचित्यका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । तालीमका सहभागीहरुले बनाएको योजना अनुसार संस्थाको तर्फबाट जोड कोषको रुपमा सहयोग गरिने कार्यक्रम संयोजक संञ्जिव कुमार राईले जानकारी दिनुभयो ।

स्रोत:  रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]