अवरुद्ध पुल निर्माण कार्य पुन सुचारु हुने


YYY
त्रिपुरेश्वर गाउँ विकास समिति स्थित खहरेमा अवस्थित सुन्दर बजार र शक्ति बजार जोड्ने गरी खहरे खोलामा निर्माण हुन लागेको पुल निर्माण प्रक्रिया हिजो देखि अवरुद्ध भएकोमा आजबाट पुनः सुचारु हुने भएको छ । पुल निर्माणको लागि स्काभेटरको सहयोगमा जग खन्नेकाम सुरुभएकोमा आफ्नो जग्गा परेको भन्दै अचने उच्च माध्यमिक विद्यालयले हिजोदेखि काममा रोक लगाएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर धरेलको अध्यक्षतामा आज भएको भेलाले पुल निर्माण कार्य मा अवरोध नगर्ने निर्णय गरेपछि पुनः काम सुचारु हुने भएको सहकर्मी सीताराम सापकोटाले जानकारी दिनुभएको छ ।  

स्रोत : रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]