धादिङमा नयाँ स्थानीय विकास अधिकारी


YYY
जिल्ला विकास समिति धादिङमा आजबाट नयाँ स्थानीय विकास अधिकारीले आफ्नो कार्यभार सम्हालेका छन् । आज जिल्ला विकास समिति धादिङले एक कार्यक्रमका बीच नयाँ स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेललाई स्वागत गरेपछि पौडेलले औपचारिक रुपमा कार्यभार सम्हालेका हुन् । जिल्ला विकास समिति धादिङमा आयोजित कार्यक्रममा स्थानीय विकास मन्त्रालयमा सरुवा हुनुभएका स्थानीय विकास अधिकारी शंकर नेपाललाई बिदाइ समेत गरिएको थियो । १५ महिना अघि धादिङमा स्थानीय विकास अधिकारीको रुपमा काम शुरु गरेका नेपाल स्थानीय विकास मन्त्रालयमा कार्यक्रम प्रमुखको रुपमा सरुवा भएका हुन् ।

यस अघि गुल्मीमा स्थानीय विकास अधिकारीको जिम्मेवारीमा रहेका दिपेन्द्रराज पौडेल स्याङ्जाका स्थायी बासिन्दा हुन् । २०५४ सालदेखि स्थानीय विकास मन्त्रालय मातहतमा रहेर काम गर्दै आएका पौडेलले विभिन्न जिल्लाहरुमा स्थानीय विकास अधिकारीको रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

जिविस धादिङका प्रमुख इन्जिनियर गुरु गुरुप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न बिदाई तथा स्वागत कार्यक्रममा एकीकृत नेकपा माओवादीका मनबहादुर भण्डारी, नेपाली काँग्रेसका रामनाथ अधिकारी, नेकपा एमालेका गुरुप्रसाद बुर्लाकोटी, नेकपा मालेका तिर्थ सिलवाल, स्थानीय निकायका अधिकृत तथा कर्मचारीहरु, गैसस महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम बर्मा लगायतको आतिथ्य रहेको थियो ।

श्रोत-रेडियो बिहानी,धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]