एनआरएन युएईको अध्यक्ष पदमा बिमल तामाङको उम्मेदवारी


YYY


साउन १६ |  गैरआबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको आसन्न अगस्ट १९ तारिखमा हुन गैराखेको निर्वाचनको लागि सेफ्टी ईन्जिनियर म बिमल तामाङले उम्मेदवारी घोषणा गरेको छु| रोजगारको सिलसिलामा युएईमा आउनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अभिबादन गर्दछु |गैरआबासिय नेपालीहरुको एकमात्र साझा सस्थाको रुपमा स्थापित गैरआबासिय नेपाली संघ अन्तर्गत राष्ट्रिय समन्वय परिषद युएईको आसन्न अधिबेसनमा मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको कुरा सम्पूर्ण युएई बासी नेपाली दाजु भाई दिदीबहिनीहरुमा जानकारी गराउन चाहन्छु | मेरो उम्मेदवारीको प्रमुख काम भनेको युएईमा रहेका बिभिन्न संघ-सस्था सँग एक आपसमा,आपसी सदभाब मेलमेलाप कायम गरी कुनै पनि नेपालीलाई परेको समस्या प्रती गम्भिर रुपमा प्रस्तुत भई समस्याको समाधानको लागि सक्दो पहल गर्नेछु |


एनआरएन ठुलाबडा र पैसा वलाको मात्र पहुच भएको सस्था हो भनेर सर्बसाधारणको मानसमा जुन किसिमको बिचार ले घर जमाएको छ ,यस्को पहुच सबै सर्बसाधारण सँग पुराएर उनिहरुलाई पनि एनआरएन तर्फ सकारात्मक बिचार र आर्थीक लगानी गराउने तर्फ सक्दो कोशीस गर्ने | नेपाली दुताबास युएई र श्रम मन्त्रालय, पररास्ट्र मन्त्रालय सँग एक आपसमा समन्वय गरी यहाँ रहेका हरेक नेपालीको समस्या प्रती समाधानको लागि सम्बन्धित निकायमा उद्दारको पहल गर्ने | हुनत यस् विज्ञप्तिमा जतीसुकै बखान गरे पनि कुनै किसिमको कागजी प्रतिबद्दता गरेर कुनै अर्थ हुँदैन,त्यसको लागि फिल्डमा र सम्बन्धित निकायमा गएर समस्याको समाधान गरेर देखाउन सक्नु पर्छ| त्यसैले म यहाँ रहनु भएका दाजु भाई दिदिबहिनी हरुलाई अन्तिममा के अपिल गर्न चाहन्छु भने एक चोटि मलाई तपाईंहरुले सहयोग गरी यस गरिमामय पदमा निर्बाचित गराइ हजुरहरुको कुनै पनि समस्याको समाधान गर्न अहोरात्र लागि पर्नेछु | सधैं तपाईंहरुकै सल्लाह सुझाबको कदर गर्दै अगाडि समेत बढने प्रतिबद्दता प्रकट गर्दछु | साथै यहाँ रहेका सम्पूर्ण सामाजिक सँघ सस्था हरुलाई समेत सहयोगको लागि हार्दिक अपि|ल गर्दछु|
भबिदय 
बिमल तामाङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]