सिन्धुलीमा उत्कृष्ठ काम गर्ने वन समुहलाई पुरस्कृत


YYY

असार २५,सिन्धुली

जिल्ला बन कार्यालय सिन्धुलीले उत्कृष्ट काम गर्ने जिल्लाका बिभिन्न सामुदायीक बन उपभोक्ता समुहहरुलाई पुरस्कृत गरेको छ । जिल्ला बन कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार बन बिकास कार्यक्रम अन्तरगत जिल्ला बन कार्यालयमा दर्ता भई हस्तान्तरण भएका ४ सय ६ सामुदायीक बन उपभोक्ता समुहमद्ये कमलामाई सामुदायीक बन उपभोक्ता समुह माईस्थान कर्करे प्रथम भएको छ । 

त्यस्तै लालीगुरास सामुदायीक बन उपभोक्ता समिति महादेबस्थान द्धितिय र कटुवापाखा सामुदायीक बन उपभोक्ता समुह झाँगाझोलि ४ तृतिय भएका छन् । प्रथम द्धितिय र तृतीय भएका बन उपभोक्ता समुहहरुलाई ७ हजार  ५ हजार र ३ हजार नगद रुपैया दिइृ्रएको जिल्ला बन अधिकृत यादब धितालले जानकारी दिनुभयो । त्यस्ौगरी चुरे राष्टपति कार्यक्रम अन्तरगत क्लब गठन भएका दश बिद्यालयमध्ये माबि कल्पबृक्ष गाँउ बिकास समितिको खयरसाल र कमला माबि कनपा १० कर्करेलाई नगद पाँच पाँच हजार रुपैया पुरस्कार बन कार्यालयले दिएकाृे छ ।

 यसैगरि कबुलियत बन कार्यक्रम अन्तरगतका ३ सय ८१ कबुलियति बन समुह मध्येबाट उत्कृष्ट आगे चौर कबुलियत बन समुह झागाझोलि रातमाटा  पानीघाट कबुलियत बन समुह रतनचुरा र रातमाटा कबुलियत बन समुह पिपलमाढीलाई क्रमश ७ हजार  ५  हजार र ३ हजार पुरस्कार दिईएको जिल्ला बन अधिकृत यादब धितालले बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]