भारतको प्रसिद्ध अपोलो अस्पतालको सेवा नेपालमै


YYY
 असार २५ काठमाडौ । लाखौ रुपैया खर्च गरेर भारतसहित विदेशी अस्पतालबाट महंगो सेवा लिईरहेका नेपालीहरुले अब संसारकै प्रसिद्ध अस्पताल अपोलो को सेवा नेपालमै पाउने भएका छन् ।राजधानीको चावहिलमा रहेको ओम हस्पिटल तथा रिसर्च  सेन्टरको सहकार्यमा नेपालमा कठिन मानिएका उपचारहरु क्यान्स, घुडा प्रत्यारोपण, बोन म्यारो प्रत्यारोपण लगायतका सेवा हरु नेपालमै पाउने भएपछि ती सेवाहरु आम नेपालीको पहुँचमा पुग्ने भएको हो ।

शुक्रवार राजधानीमा ओम अस्पताल र अपोलो अस्पतालका चिकित्सकहरुले संयूक्त पत्रकार सम्मेलनको आयोजना गरेर त्यस्तो जानकारी दिएका हुन ।

अपोलो अस्पतालले नेपालमा हुन उपचार हुन नसक्ने रोगको परिक्षण र सल्लाह टेलिमेडिसिन लगायतका प्रविधिबाट नेपालमै गराउने, दुई दुई महिनामा भारतबाट विशेसज्ञहरु आएर नेपालमै उपचार परिक्षण  र प्रशिक्षणको काम गर्दै आएको जानकारी पत्रकार सम्मेलनमा दिएको थियो ।

कठिन रोगको उपचार एक पटक अपोलो अस्पतालमा गरेपछि त्यसपछिको सेवा भने ओम अस्पतालबाटै दिने गरि ब्यवस्था मिलाईएको छ । जसका कारण लाखौ खर्च गरेर विदेश जानु पर्ने विरामीले अब सस्तोमा नेपालमै सेवा पाउने छन । अपोलोले यो प्रयासलाई कर्पोरेट सोसियल रेस्पोन्सीविलिटी भनेको छ ।

अपोलो अस्पतालका घुडा प्रत्यारोपण विशेषज्ञ राजु बैश्याले आफूले नेपाल आएर घुँडा प्रत्यारोप सम्बन्धी सेवा सुरु  गरेको जानकारी दिदै त्यसकोलागी दुई दुई महिनामा आफू नेपाल आउने गरेको बताए । यसबाट नेपाली सर्वसाधारणले कम खर्चमा सेवा पाउने गरेको उनको भनाई थियो ।

ओम अस्पतालका डा हरिकिसोर श्रेष्ठले टेलिमेडिसिन र अपोलो अस्पतालका विशेषज्ञहरुको नियमितको भ्रमणले कठिन भन्दा कठिन रोगको उपचार नेपालमै गराउन पाएको मा गर्व ब्यक्त गर्दै यसले उपचारको नाममा विदेशीने करोडौ रुपैया बचेको दावी गरे । उनले आम नेपाली विरामीलाई एक पटक नेपालमै रोकको डाईग्नोसिस गरेर मात्रै विदेश जानु पर्ने अवस्थामा मात्रै विदेश जान आग्रह पनि गरे ।



भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]