ऋण तिर्न श्रीमतीको कार चोरी


YYY

कोरियाको ग्वान्जु इलाकामा बस्ने एक पुरुषलाई आफ्नै श्रीमतीको कार बेचेको आरोपमा पक्राउ परेका छन ।

ओ नाम गरेका ति व्यक्तिले आफु रिने ऋणमा चुर्लुम्म डुबेका कारण सो ऋण तिर्न ११,००० डलरका लागि आफ्नै श्रीमतीको कार चोरी गरि बुझाएका थिए । त्यसको एक हप्ता पछि उनकी श्रीमतीले आफ्नो ३२,००० डलर पर्ने कार घरको पार्किंगबाट गायब भएको पाएकी थिईन । उनले जब कार हराएको बारे पुलिसमा खबर गरिन, अनुसन्धानका क्रममा प्रहरीले जुलाई सातका दिन उनकै श्रीमानले पार्किंगबाट कार बाहिर लैजादै गरेको दृश्य गेटमा राखिएको क्यामरामा रेकर्ड भएको पाएका थिए ।

सोधपुछका क्रममा उनका पति ४४ बर्षीय ओ ले प्रहरीलाई भने, कि उनि ऋणको भारबाट मुक्त हुने उपाय धेरै पहिले देखि सोच्दै आइरहेका थिए तर सो कुरा श्रीमतीलाई भन्न सकिरहेका थिएनन ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]