माग सम्बोधन गर्न मधेसी मोर्चाद्वारा सरकारको ध्यानाकर्षण


YYY
 असार २६ काठमाडौँ । मधेसी मोर्चाले आउने आर्थिक वर्षको बजेटमा आफ्नो मुद्दाहरु समावेश गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । यसका लागि मोर्चा आइतबार  अर्थमन्त्री भरतमोहन अधिकारीले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । 

आफ्नो मुद्दा समावेश नगरिए बजेट प्रस्तुत गर्न नदिने घोषणा गरिसकेका मधेसी मोर्चासँगको भेटमा अर्थमन्त्री अधिकारीले माग सम्बोधन हुने आश्वासन दिनुभएको तमलोपाका नेता ह्दयश त्रिपाठीले जानकारी दिनुभयो । मधेसवादी दलहरुले तराईमा हुलाकी मार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग, मधेस आन्दोलनमा सहिद भएकाहरुको नाममा विद्यालय स्थापनालगायतका मागहरु अघि सारेका छन् । यसअघि ल्याएको नीति तथा कार्यक्रममा पनि आफ्नो मागहरू सम्बोधन नभएको भन्दै उनीहरुले आपत्ति जनाइरहेका छन् । 

सरकारले यही असार ३० गते आर्थिक वर्ष २०६८/०६९ को बजेट प्रस्तुत गर्दैछ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]