उत्कृष्ट गाबिस सचिबमा थकाली


YYY
चन्द्रश्वर बस्ताकोटी
 असार ३१ मुस्ताङ। हिमाली जिल्ला मुस्ताङको झोङ गाबिसका गाबिस सचिब हिक्मत बहादुर थकाली उत्कृष्ट गाबिस सचिबमा परेका छन ।१६ गाबिस रहेको मुस्ताङमा उत्कृष्ट गाबिस सचिबमा थकाली परेपछि जिल्ला बिकास समिती मुस्ताङले २० हजार रुपैयाका साथै ताम्रपत्र प्रदान गरि सम्मान गरेको छ ।स्थानिय बिकास अधिकारी श्यामराज अधिकारीले एक कार्यक्रमका बिच २० हजार रुपैया नगदका साथै ताम्रपत्र प्रदान गर्नु भयो।

झोङ गाबिसका स्थानिय बाासिन्दालाई उत्कृष्ट सेवा प्रदान गदै आएका गाबिस सचिब थकालीको कार्यशैली सबै गाबिस सचिबहरुका लागी उदाहरण बन्ने गरेको छ ।बिगत लामो समय देखी गाबिस सचिबको कार्य गदै आएका थकालीले शुक्रबार साझ जिल्ला बिकास समितिको कार्यालयमा रात्रीभोजको आयोजना गर्नु भएको छ।

 रात्रीभोजमा प्रमुख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी, बिभिन्न कार्यालयका प्रमुख, कर्मचारीहरु, बिभिन्न गाबिसका गाबिस सचिब, राजनितिज्ञ लगायतको उपस्थिति रहेको थियो । थकाली उत्कृष्ट भएपछि खुसियालीमा  रात्रीभोजको आयोजना गरेको बताउदै आगामि दिनमा अझ राम्रो सग कार्य गर्न हौसला मिलेको बताउनु भयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]