सरकारले हचुवाको भरमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेर सस्तो लोकप्रियता कमाउन खोजेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको आरोप


YYY
 साउन ४ काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले हचुवाको भरमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेर सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाउनुभएको छ । सरकारकै कारण शिक्षा क्षेत्र बेरोजगारहरु उत्पादन गर्ने कारखानाको रुपमा विस्तार भएको आरोप लगाउदै अध्यक्ष थापाले हचुवाको भरमा लादिएको विद्यालय शान्ति क्षेत्र घोषणा अमूर्त हुने दावी समेत गर्नुभयो । 

नेपाल शिक्षक परिषद्द्द्वारा  मंगलबार काठमाडौमा आयोजित विद्यालयलाई शान्ति क्षेत्रको घोषणा, चुनौति र समाधान विषयक छलफल कार्यक्रममा अध्यक्ष थापाले हुचुवाको भरमा कार्य नगर्न सरकारलाई चुनौति समेत दिनुभयो । उहाँले दलहरुसँगको सहमति वीना नै घोषणा गरिएकाले यसले नकरात्मक अवस्था श्रृजना गर्ने बताउदै राज्यलाई आफै हिंसाको मानसिकताबाट मुत्त हुन आग्रह गर्नुभयो । 

उहाँले दलहरुको संरक्षणमा अपराधिक कृयाकलाप भइरहेको बताउदै, सरकारले त्यस्ता अपराधिहरुलाई उमुक्ति दिएको दावी समेत गर्नुभयो । हिंसाको मानसिकता कायम राखेर मुलुकमा शान्ति स्थापना गर्ने सोच भ्रामक भएको भन्दै अध्यक्ष थापाले  सरकारले आफ्नो सोच परिवर्तन गर्नुपर्ने बताउनुभयो । सरकार नै हिंसाको मानसिकतामा चलेको हुनाले विद्यालयलाई समेत शान्ति क्षेत्रको रुपमा राख्न नसक्ने अध्यक्ष थापाको भनाई थियो । उहाँले विद्यालयहरुमा देखिएको चरम राजनीतिकरणले नै हिंसा मुक्त क्षेत्र बनाउन नसकिने बताउदै विश्वविद्यालयमा हुने गरेका राजनीतिक भागबण्डा प्रति आक्रास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा विद्हरुले विद्यालय राजनीतिक भर्तिकेन्द्रको रुपमा विस्तार हुँदै गएका कारण बेरोजगारी समस्या चरम चुलीमा पुगेको गुनासो गरेका थिए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]