भारत र पाकिस्तानबीचको फुटबल शृंखला इङ्ल्यान्डमा


YYY

 असार २९ (एजेन्सी)- लगातार बिग्रिरहेको सम्बन्धबीच तीन खेलको फुटबल शृंखला खेल्ने भएका छन्। शृंखला भने इङ्ल्यान्डमा हुनेछ। पाकिस्तानमा सुरक्षा ठूलो विषय हो। त्यसैले २५ अगस्टबाट हुने शृंखलाअन्तर्गतका खेल म्यानचेस्टर, कोभेन्ट्री र लन्डनजस्ता ठूला सहरमा हुने छन्। 

शृंखलाको रोचक पक्ष भाइचुङ भुटियाको पुनरागमन हुनेछ। यस भ्रमणको आयोजना गर्न लागेकै कम्पनी टचस्काई स्पोर्टसले भारतबाट आफ्ना केही वरिष्ठ खेलाडी पठाउन अनुरोध गरेको छ। त्यसपछि अल इन्डिया फुटबल फेडेरेसनले भुटियासँग प्रस्ताव गरेको छ। भुटिया पनि शृंखलामा खेल्न इच्छुक छन्। तर उनी चोटबाट निको हुन चाहन्छन्। 'भुटिया त्यस शृंखलामा खेल्न चाहन्छन्। उनलाई आफ्नो चोटको चिन्ता छ। त्यतिबेलासम्म निको भएमा उनी पक्कै पनि खेल्ने छन्,' एक फुटबल अधिकारीले भने। भुटियासँगै वरिष्ठ गोलरक्षक सुब्रत पल पनि भ्रमणमा रहने छन्।विश्वकप छनोटको ठिकअघि भुटियासहित केही वरिष्ठ खेलाडीलाई बाहिर राखिएको थियो। सन् २००० पछि दोस्रोपटक भारतीय फुटबल टिम इङ्ल्यान्डमा यस किसिमको कुनै शृंखला खेल्न गइरहेको छ। 

११ वर्षअघि भारतले त्यहाँ तीन खेल खेलेको थियो। पाकिस्तानसँग भने पहिलोपटक यस्तो शृंखला खेल्दैछ। इंग्ल्यान्डमा भारतीय र पाकिस्तानी मूलका मानिस धेरै संख्यामा भएका कारण यस शृंखलालाई ठूलो मानिएको छ। त्यसले टेलिभिजन प्रसारणबाट राम्रो आम्दानी हुने अनुमान गरिएको छ। फेडेरेसनले हरेक खेलका लागि १० हजार पाउन्ड प्राप्त गर्ने भएको छ।'यस प्रस्तावित शृंखलाका लागि फेडेरेसनले २३ वर्षमुनिका खेलाडीमात्र पठाउन चाहन्थ्यो। 

तर आयोजकसँगको अनुबन्धपछि वरिष्ठ खेलाडीलाई पनि पठाउने निर्णय भएको हो,' ती अधिकारीले भने। टोलीसँग वरिष्ठ प्रशिक्षक अर्मान्डो कोलसो जाने छैनन्। २३ वर्षमुनिको टिम प्रशिक्षक डेसमन्ड बुलपिनसँग त्यो जिम्मेवारी हुनेछ। भुटिया यी जुनियर प्रशिक्षकको अगुवाईमा खेल्न तयार भएका छन्। यसबारेमा फेडेरेसनका अध्यक्ष प्रफुल्ल पटेलले पाकिस्तानविरुद्ध खेल्नु हमेशा विशेष हुने बताए।दुवै देश तटस्थ स्थलमा फुटबल शृंखला खेल्न लागेको यो पहिलोपटक हो। दुवैले पछिल्लोपटक सन् २००५ मा पाकिस्तानमा तीन खेलको शृंखला खेलेका थिए।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]