करेन्ट लागेर एक जनाको मृत्यु


YYY
सुनिल ठाकुर,साउन ४,सर्लाही 

सर्लाहीको हजरियामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
हजरिया वडा नं। ९ बस्ने मणी मन्सुरको १७ बर्षीय छोरा असलम मन्सुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मोबाइल चार्ज गर्नका लागि मोबाइलका र्चाजर बिधुतीय करेन्ट भएको बोर्डमा घुसाउन लाग्दा मन्सुरलाई करेन्ट लागको हो । करेन्ट लागेर मन्सुरको घटना स्थलमै मृत्यु भएको हो । मन्सुरका आमा बुबा अहिले औषधी गराउनका लागि बाहिर रहेको छ । मन्सुर ३ हप्ता पहिले पन्जाबबाट काम गरि घर आएका थिए ।  

बेबारिसे अबस्थामा छोडी राखेको गन्जी बरामद 

सर्लाहीको मलंगवाबाट प्रहरीले आज बेबारिसे अबस्थामा छोडेर राखेको कपडा फेला पारेको छ  
मलंगवा वडा नं। ९ बाट प्रहरीले बेबारिसे अबस्थामा छोडेर राखेको गन्जी प्रहरीले बरामद गरेको प्रहरी नायब निरीक्षक प्रमोद साहले जानकारी दिए । भन्सार छली गरी नेपाल ल्याएको र लुकाउनका लागि राखिएका अबस्थामा प्रहरीले कपडालाई बरामद गरेको छ । बरामद गरिएको कपडा बिभिन्न साइजका सेतो गन्जी मात्र रहेको छ । प्रहरीले ३८१ थान गन्जी बरामद गरेको र त्यसको बजारको मूल्याकंन अन्दाजी ३० हजार रहेको साहले बताए । फेला परिएको गन्जीलाई आबश्यक अनुसंधानका लागि जिल्ला भन्सार कार्यालयमा आजै बुझाएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]