बादललाई प्रधानमन्त्री बनाउन प्रचण्ड निकट सभासदहरुको माग


YYY
 असार ३० काठमाडौं । एकीकृत माओवादी भित्र अन्र्तसंघर्षले चरम रुप लिईरहेका समयमा बिहिबार  दुई दर्जन सभासदले सामूहिक रुपमा अध्यक्ष पुष्पकमल दाहालसंग भेट गरेर प्रधानमन्त्रीमा महासचिव रामबहादुर थापालाई सिफारीस गर्न माग गरेका छन् ।

माओवादी सभासद गोपाल खम्बु सहितका दुई दर्जन सभासद्ले अध्यक्ष पुष्पकमल दाहाललाई संविधानसभा भवन नयां बानेश्वरमा भेटगरेर अब बन्ने नयां सहमतिको सरकारको नेतृत्व महासचिव थापालाई दिनुपर्ने माग गरेका हुन् ।

आदिवासी जनजाति सभासदहरुले पांच बुंदे सहमति अनुसार नयां सरकार बन्ने भएमा त्यसको जिम्मेवारी थापालाई दिन भनिएको हो । खम्बूसहित सूर्यमान दोङ, ओनसरी घर्ति, लक्ष्मि गुरुङ लगायत दुई दर्जन माओवादी जनजाति सभासद्हरुले अबिलम्ब पांच बुंदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेको एक सभासदले जनाएका छन् ।

प्रधानमन्त्रीका लागि उपाध्यक्ष डाक्टर बावुराम भट्टराईको नाम अघि आईरहेका समयमा दुई दर्जन बढि सभासदे महासचिव थापालाई अघि सारेका छन् । थापालाई प्रधानमन्त्री बनाउन माग गर्नेहरुमा अधिकांश दाहाल निकटका सभासद छन ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]