कंगोमा बिमान दुर्घटना हु“दा ९० जनाको मृत्यु


YYY

असार २५ एजेन्सीहरु । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगोको किशाकामा बिमान दुर्घटना हु“दा ९० जनाको मृत्यु भएको छ । १ सय १२ यात्रु लिएर उडेको कंगोलिज निजी एअर लायन्स हेवाबोरा वोइंग ७२७ राजधानी किशाकादेखि उत्तरपूर्वमा रहेको किसानगानी विमानस्थलमा दुर्घटनाग्रस्त भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । विमानस्थलमा विमान अवतरण्ँ गर्नु अगाडि नै नजिकैको जंगलमा विमान बजारिएको थियो ।

प्रतिकुल मौसमका बाबजुद अवतरण गर्न लाग्दा दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । विमान राजधानी किनसासाबाट गोमा शहरतर्फ जाने क्रममा रहेको थियो । तर मौसममा खराबी आएपछि विमानलाई किसानगानी विमानस्थलमा अवतरण गर्न खोजिएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]