रेडियो गोरखा पाँचौ वर्षमा प्रवेश


YYY

 राजेन्द्र न्यौपाने
  साउन ५ गोरखा। गोरखा विकास तथा सञ्चार केन्द्र, गोरखाद्वारा सञ्चालित रेडियो गोरखा ९२.८ मेगाहर्ज बिहिबार  देखि पाँचौ वर्षमा प्रवेश गरेको छ । रेडियोले बिहिबार  तेश्रो साधारण सभा एवं रेडियो गोरखा ९२.८ मेगाहर्जको चौंथो बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष निमा पाण्डेले कमि कमजोरीहरुलाई सुधार गरेर स्थानीय जनताहरुको माग अनसार रेडियोलाई परिस्कृत गर्नुपर्ने बताउनुभयो । दोश्रो जनआन्दोलन पछि देशमा रेडियो खुल्ने क्रम बढेको बताउँदै सञ्चारको विकासले देशको समग्र विकासमा सहयोग पुग्ने धारणा उहाँले राख्नुभयो । रेडियोहरुले विभिन्न समस्याहरुसँग जुध्दै अगाडि बढ्नुपरेको अवस्था छ भन्दै उहाँ नीति समस्या प्रमुख चुनौति रहेको र विद्युत आपुर्ती लगायतका अन्य प्राविधिक समस्याहरु रहेको बताउनुभयो ।

रेडियोको स्थापना हुनु राम्रो हो भन्दै उहाँले द्वन्द्वात्मक दृष्टिकोणबाट रेडियोलाई हेर्न नहुने धारणा राख्नुभयो। विशिष्ट प्रकारको प्रसारण रेडियोहरुले गर्नुपर्ने बताउँदै उहाँले जनताको सूचना पाउने हकको पूर्ण रक्षा सञ्चार माध्यमले गर्नुपर्ने धारणा राख्नुभयो ।

उद्योग वाणिज्यसंघको सभाहल छहरेमा भएको उक्त कार्यक्रममा एकीकृत ने.क.पा.(माओवादी)का तमुवान राज्य समिति सदस्य राम बहादुर ढकालले हिजो सानो रेडियोमा तार बेरेर धुरी खाँबोमा लैजानुपर्ने अवस्थाथियो भन्दै त्यतिवेला पनि रेडियोको स्थापना प्रयास गरेको भएपनि जटिल भएको बताउनुभयो । कुनै पनि राजनीतिक दलहरुको लगानीमा रेडियो स्थापना नभएको बताउँदै उहाँले विचारको आधारमा रेडियोलाई फलानो पार्टीको भन्न नहुने बताउनुभयो । रेडियो गोरखाले सँधैभरी वार्षिक उत्सव मनाईरहोस् भन्दै उहाँले रेडियोको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।

नेपाली काँग्रेस जिल्ला समिति गोरखाका सचिव सुकदेव दवाडीले रेडियो गोरखाले राखेको आगामि योजना असाध्य सान्दर्भिक भएको बताउनु हुँदै यसका लागि नेपाली काँग्रेस आफ्नो ठाउँबाट सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । संस्था जन्माउन जति सजिलो छ त्यसलाई हुर्काउन बढाउन सजिलो छैन भन्दै उहाँले आजको यो अवस्था सम्म रेडियो गोरखालाई ल्याइ पु¥याउन भूमिका खेल्ने व्यक्तिहरुलाई धन्यवाद दिनुभयो। हिँजो आजको आवश्यकता फरक छ भन्दै उहाँले रेडियो गोरखाले आगामि दिनहरुमा अनुसन्धानमुलक कामहरु पनि गर्नुपर्ने सुझाव दिनुभयो । गोरखाको पहिलो रेडियो भएको कारणले गोरखाका अन्य रेडियोहरुका लागि अभिभावक बन्न सकोस् भन्दै उहाँले सबैलाई रेडियोको नजिक हुने अवसर दिन आग्रह गर्नुभयो।  रेडियोको उत्तरोत्तर प्रगतिको कामना गर्दै सञ्चार विकासका लागि काँग्रेस प्रतिवद्ध रहेको बताउनुभयो ।

ने.क.पा. एमाले गोरखाका उपाध्यक्ष विश्वश्वर कट्टेलले सञ्चार माध्यममलाई अगाडि बढाउन सबैले सहयोग
गर्नुपर्ने बताउनुभयो । आप्m्नो पार्टीृको तर्फबाट सहयोग गर्न तयार रहेको बताउँदै उहाँले रेडियोबाट उठ्नुपर्ने आवाजहरु अझै नउठेकोले आगामी दिनमा अझै गहिराईसम्म पुग्न आग्रह गर्नुभयो ।

राजनीतिक पार्टीहरुले जनताको आवाज सुनेर योजना बनाउने बताउँदै उहाँले दलहरुलाई कुनैपनि दोष नदिन आग्रह गर्नुभयो । राजनीतिक दलका नेता कार्यकर्ताहरु मिलेर योजनाका पैसाहरु भागवण्डा गरेको र खाएको भन्ने हल्ला निराधार र गलत भएको प्रष्ट पार्दै उहाँले जिल्ला विकासमा भएका योजनाका सबै कामहरु संघ संस्था समूहले सम्झौता अनुसार नगरेको भए तुरुन्त खबर गर्न समेत आग्रह गर्नुभयो । योजना अनुसार कार्यक्रम नगर्नेहरुलाई दलहरु कारवाही गर्न तयार रहेको बताउँदै उहाँले स्थलगत अध्ययन अनुुसन्धानबाट मात्र दलहरुले हरेक कुराको निर्णय गर्ने गरेको बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]