वासिङटन डिसिका मेट्रो बसहरुमा नेपाल पर्यटन बर्ष २०११ को पोस्टर


YYY

आङछिरिङ शेर्पा
 साउन १२  न्युयोर्क अमेरिकाको राजधानी वासिङटन डिसि क्षेत्रमा गुडने मेट्रो बसहरुमा अहिले नेपाल चिना्उने पोष्टर राखिएको छ । विहानदेखि बेलुकासम्म लगातार गुडने तीस वटा यी बसहरुमा नेपालको परिचय दिने पोष्टर टासेका छन । डिसि क्षेत्रको विभिन्न महत्वपुर्ण स्थानसम्म गुडने बसमा राखिएको पोष्टरमा नेपाल चिनाउने सर्वोच्च शिखर सगरमाथा, बुद्ध, लुम्बिनी, स्वयम्भु र विभिन्न मनोरम प्राकृतिक सौन्दर्यका साथै बन्यजन्तुहरुको तस्विर र नेचुरली नेपाल' लेखेको छ । ' नेपाल पर्यटन वर्षको अवसरमा प्रचार तथा प्रर्वद्धनका लागी यस क्षेत्रमा पहिलो प्रयास गरेको हो' अमेरिकाका लागी नेपालका राजदुत डा. शंकर शर्माले भने- ' विशेष गरि यो सिजन असाध्यै व्यस्त हुने भएकाले यो क्षेत्रमा सवैले ज्वाट्ट देखिने पर्यटन आर्कषणको सामाग्री बसमा राखेर प्रचार कार्य सुरु गरेको हो' उनका अनुसार प्रत्येक वर्ष वासिङटन डिसि क्षेत्रमा समर सिजनमा एसियन हेरिटेज फेष्टिबलहरु, डिसि पासपोर्ट र नेपाले फेष्टिबल मनाउदै आएका छन । वसिटनडिसिमा वर्षनी १ करोड ५० लाख पर्यटक घुम्न जाने गरेका छन । यसै अवसर पारेर पहिलो पटक बसमा यो पोष्टर राख्दै आएको हो ।



नेपाल पर्यटन वर्ष २०११ को अवसर पारेर डिसिस्थित नेपाली दुताबासको पहलमा गत सोमबारदेखि यो कार्य थलानी गरेको हो । उक्त पोष्टर राजदुतले बसमा राखेर उदघाटन गरेका थिए । डिसि मेट्रो क्षेत्रको वसिङटन मोनुमेन्ट, लिंकन ममोरियल म्युजियमहरु, हृवाइटहाउस, क्यापिटल भवन लगायतका मुख्य स्थानहरुमा गुडने बसहरुमा दुताबासले एक महिनाको लागी मात्र पोष्टर राख्ने अनुमति लिएको छ । ' अहिलेलाई हामीले एक महिनाको लागी मात्र अनुमति मागेका छौ' राजदुत शर्माले भने- ' यदि लगातार राख्ने हो भने हामीले नविकरण गर्नुपर्छ' । डा. शर्माका अनुसार नेपालको पर्यटन विकासका लागी नेपाली दुताबास डिसिको पहलमा गत वर्ष क्यालिफोर्नियामा नेपालको चिनारी दिने होडिङ बोर्ड राख्ने काम गरेका थियो ।

त्यस्तै यस वर्ष सियटलमा स्थानीय अल्पाइन क्लबको सहयोगमा र सिकागोमा अनि छोइङ डोल्माको सागितिक कार्यक्रम मार्फत नेपालको पर्यटन प्रचारप्रसार कार्यक्रम गरेको छ । यस पछि अब अमेरिकाको मुख्य एकदुई राज्यहरुमा नेपालको चिनारी दिने होडिङ बोर्ड राख्ने योजना रहेको बताए ।


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]