कांग्रेसले प्रधानमन्त्रीको राजीनामा प्रमुख मुद्दा बनाउने


YYY
साउन ८ काठमाडौँ ।प्रधानमन्त्री झलनाथ खनालको राजीनामाको माग गर्दै नेपाली कांग्रेसले आजको संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पाँच बुदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीको राजीनामालाई जोडदार रुपमा उठाउने निर्णय भएको सभासद रमेश लेखकले जानकारी दिनुभयो ।

आइतबारको संसद बैठकमा संसदीय दलका नेता रामचन्द्र पौडेलले औपचारिक रुपमै प्रधानमन्त्रीको राजीनामा माग्ने कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । घिमिरेले देशको आर्थिक अवस्थालाई मध्यनजर गरेर बजेट आउन दिएकोमा त्यसलाई कमजोरीका रुपमा लिएको र अब कांग्रेसले अडान नछाड्ने बताउनुभयो । प्रधानमन्त्रीको राजीनामा अब प्रमुख मुद्दा बन्ने पनि घिमिरेले सीआईएनलाई जानकारी दिनुभयो ।


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]