चोर बने महिलाको पुरूष यौनदासी


YYY

चोर भने पछि जसकसैको रगत रिसले उम्लन्छ नै । दुःखले कमाएको धन वा सम्पत्ति चोरी हुदाँ कसको मन कटक्क नदुख्ला र ! त्यसैले चोरमाथि दया देखाउने भन्दा घृणा गर्नेहरु धेरै गुणा बढी हुन्छन् । अधिकांशले चोरलाई पक्राउ गरी प्रहरीसामू बुझाउछन् । अलि रिसाहा ब्यक्ति परे चोरको गोरु पिटाई हुन्छ । तर लण्डनमा सैलुन ब्यवसाय सञ्चालन गर्दै आएकी एक महिलाले चोरलाई अनौठो ब्यवहार गरेकी छिन् । लुटपान गर्ने कुनियतसहित सैलुन छिरेका ३२ वषिर्य विक्टर जासिंकीलाई समाती उनले तीन दिनसम्म आफ्नो सेक्स दासी बनाएकी थिइन् । रसियन नागरिक विक्टरले चोरीको सजाय कसैसँग जवरजस्ती सेक्स गर्नु पर्छ भनेर सायद जीवनमा कहिल्यै सोचेका थिएनन् होला ।



विक्टर जुन सैलुन छिरेका थिए, यसको मालिक महिला थिए । जो ब्ल्याक बेल्ट च्याम्पियन थिइन् । सैलुन मालिक्नीले उनलाई रंगेहात पक्राउ गरी तीन दिन सम्म सेक्स गरेकी थिइन् । चोरलाई सेक्स दासी बनाई आफूले राम्रो पाठ सिकाउन खोजेको महिलाले प्रहरीलाई बताइन् ।

महिलाको पंजाबाट छुटे लगत्तै विक्टर प्रहरी शरणमा पुगी आफूमाथि भएको शारारीक शोषणबारे उजुरी दिएका थिए । उनले चोरी गर्ने नियतले शैलुनभित्र गएको भने स्विकारेका छन् । प्रहरीले दुबैलाई गिरफ्तार गरी आवश्यक छानबिन गरिरहेको बताएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]