निलकण्ठ उच्च माविमा यस वर्षदेखि विज्ञान सकांयको अध्ययन सुरु


YYY
सदरमुकाम धादिङवेशीमा रहेको निलकण्ठ उच्च माध्यामिक विद्यालयले यस वर्षदेखि विज्ञान सकांयमा पनि अध्ययन अध्यापन शुरु गरेको छ । उच्च माध्यामिक शिक्षा परिष्द सानोठिमी भक्तपुरले विज्ञान सकांयमा अध्यापनको लागि अनुमति दिएपछि यसै शैक्षिक सत्रदेखि विज्ञान सकांयमा अध्यापन गर्न पाइने भएको हो । यसअघि शिक्षा मानविकी र व्यवस्थापन सकांयमा अध्ययन हुँदै आएकोमा यस वर्षदेखि विज्ञान संकायअन्तर्गत रसायन विज्ञान भौतिक विज्ञान जीव विज्ञानमा र गणित विषयहरुमा अध्यापन गराइने व्यवस्था भएको विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले जानकारी दिनुभयो । निलकण्ठ उच्च मा वि जिल्लामा विज्ञान संकायमा पढाई हुन लागेको दोश्रो विद्यालय हो । विज्ञान संकायमा अध्ययनको लागि भर्ना खुला गरिसकिएको र हाल भर्ना गर्न आउने विद्यार्थीहरुको संख्यामा बढिरहेको पनि अधिकारीले बताउनुभयो ।

रेडियो बिहानी, धादिङ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]