मुस्ताङमा घर भत्कदा १ महिलाको मृत्


YYY
चन्द्रश्वर बस्ताकोटी
 साउन ८ मुस्ताङ ।छुसाङ गाबिस वडानं ५ का चक्रप्रसाद गुरुङको घर भत्कदा शनिवार राति सुतिरहेको अवश्थामा अचानक घर भत्कदा १ जनाको मृत्यु भएको छ ।

घर भत्केपछि ५९ बर्षीय ङिमा ढुमा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरिक्षक मघु सुघन लुइटेलले बताउनु भयो  । घर भत्कदा उद्धारका लागि नेपाल प्रहरी, र ससस्त्र प्रहरी बल सिमा सुरक्षाबल जोमसोमका ११ जनाको टोली आज बिहान १० बजे त्यस तर्फ प्रस्थान गरेको  छ ।  पानी परेको अवश्थामा राती घरको छत खसेपछि पुरीएर उनको मृत्यु भएको बताइएको छ ।

घटना स्थल सदमुकाम देखि करिब १ दिनको पैदलयात्रा पछि पुगीन्छ । उनका श्रीमान चक्र प्रसाद गुरुङभने घरमा नसुतेकाले बाच्न सफल भएका छन ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]