पाँचबुँदे सहमतिको पालना गर्नु पर्ने कांग्रेस महामन्त्रीको भनाई


YYY
 साउन ७ काठमाडौँ ।नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पाँचबुँदे सहमतिको पालना गर्नु पर्ने बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ– ६ द्वारा बिपी कोइरालाको ३० औँ स्मृति दिवसका अवसरमा सामाखुशीमा शनिबार  आयोजित रक्तदान कार्यक्रममा महामन्त्री सिंहले बिपीद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई काँग्रेसले अझै पनि आत्मसात् गरेको बताउनुभयो । 

 बिपीले दलित, महिला, जनजाति र मधेसीलाई काँग्रेस केन्द्रीय समितिमा राखेर समावेशीका सिद्धान्तलाई प्राथमिकता दिनुभएको प्रसङ्ग उल्लेख गर्दै सिंहले समावेशीको भावनालाई काँग्रेसले अहिले पनि व्यवहारमा लागु गरेको बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]