छोरीलाई यौन दुरब्यबहार गरेको आरोपमा बुबा पक्राउ


YYY


सुनिल ठाकुर,साउन ३,सर्लाही  

दश बर्षिया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सोमबार हिजो प्रहरीले राजघाट गाबिस-७ का ३५ बर्षिय दिनेश राईलाई पक्राउ गरेको छ । राईले आफ्नी झड्केली छोरीलाई तीन दिन अघि यौन दुरब्यबहार गरेको प्रहरी उपरीक्षक मोहन राज जोशीले बताएका छन् । छोरी बिरामी भएको र यौनाङ्गमा चोट लागेको हल्ला गाउँमा भएपछि राई पक्राउ परेको प्रहरी उपरीक्षक जोशीले बताए । यौनाङ्गमा चोट लागेपछि शनिबार नै बालिकालाई उपचारार्थ नारायणी उपक्षेत्रिय अस्पताल वीरगंज लगिएको थियो ।

 नारायणीले बलात्कारको घट्ना भएकाले प्रहरी नभई उपचार गर्न नमानेपछि नेशनल मेडिकल कलेजमा उपचार गराई फर्किएको बरहथवा इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बालिकाको घाउ दुखेपछि गाउँमा हल्ला भएपछि राईलाई पक्राउ गरीएको बताए । बालिकालेपनि बाबुले दुब्र्यबहार गरेको बताएको प्रहरीले जनायो । प्रहरीले बालिकाको घाउ र स्वास्थ्य परिक्षण गराई कारबाही अघि बढाउने तयारी भएको जनाएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]