नर्वेमा भएको विष्फोट र गोलीबारीमा मृत्यु हुनेहरुको संख्या ९१ पुग्यो


YYY
 साउन ७ एजेन्सी। नर्वेमा भएका छुट्टाछुट्टै विष्फोट र गोलीबारीमा परी ९१ जनाको मृत्यु भएको छ । राजधानी ओस्लोको पश्चिमोत्तर स्थित उटोइया द्विपमा रहेको लेबर पार्टीको यूथ क्याम्पमा प्रहरी पोसाकमा एक जनाले अन्धाधुन्ध गोली चलाउँदा ८४  जनाको मृत्यु भएको छ । आन्द्रे बेहरिंग ब्रिविक नाम गरेको आक्रमणकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । युथ क्याम्पमा गोलीबार हुनु पूर्व राजधानी ओस्लोमा प्रधानमन्त्री कार्यालय नजिकै भएको बिष्फोटमा सात जनाको मृत्यु भएको छ ।अझै मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

एपीसँग शनिबार बिहान कुरा गर्दै प्रहरी निर्देशक वेस्टिन मिल्यान्डले घटनाको लामो समयसम्म पनि मारिएका मानिसको यथार्थ जानकारी नपाइसकेको बताए। गोली प्रहारमा कति घाइते भएभन्ने कुनै जानकारी आइसकेको छैन ।

प्रधानमन्त्रीको लेबर पार्टीको युवा समूहले यो क्याम्प आयोजना गरेको थियो।अहिलेसम्म घटना कसले गरायो भन्ने प्रमाण फेला परेको छैन। आशंकाको घेरामा भने सशस्त्र मुस्लिम समूह या उग्रवादी शक्ति पनि छन्।

गोली प्रहार भएको स्थानमा एक शंकास्पदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]