माओवादी अध्यक्ष प्रचण्डले नेतासँग छलफल गर्ने


YYY


असार २७ काठमाण्डौ
एकीकृत माओवादी अध्यक्ष प्रचण्डले पार्टी भित्रको विवाद मिलाउने बिषयमा आज शीर्ष नेताहरुसँग छलफल गर्नुहुने भएको छ । कार्य बिभाजन शान्ति र संविधान लगायतका बिषयमा उहाँले उपाध्यक्ष मोहन बैद्य डाक्टर बाबुराम भट्टराई पक्षका नेताहरुसँग छलफल गर्ने तयारी भएको भए पनि समय र स्थान अँझै टुङ्गो नलागेको अध्यक्ष प्रचण्ड निकट स्रोतले सीआईएनलाई जानकारी दिएको छ । 

शान्ति र संविधानलाई बटम लाइन बनाएर कार्यबिभाजन गर्नुपर्नेमा जोड दिइरहनु भएका प्रचण्डले निर्णयमा पुग्न समय लाग्नेभन्दै यसअघि बसेको स्थायी समितिको बैठकमा केही दिन समय माग्नु भएको थियो । हिजो बसेको स्थायी समितिको बैठकमा कुनै छलफल हुन नसकेको सचिव सीपी गजुरेलले बताउनुभयो । 

अध्यक्ष प्रचण्डले छलफल गरेर निर्णयमा पुग्नुपर्नेभन्दै समयमा पटकपटक लिएकाले केन्द्रिय समितिको बैठक पनि सर्दै गएको गजुरेलको भनाइ छ । यसअघि कार्यबिभाजनको बारेमा प्रचण्ड लचिलो भएको भए पनि पछिल्लो समयमा आशा लाग्दो ढङ्गबाट अघि नबढेको उपाध्यक्ष बैद्य र भट्टराई पक्षको भनाइ छ । यथोचित जिम्मेवारी बाँडफाँड नभएको भन्दै माओवादी शीर्ष नेताहरुबीच अन्तरद्वन्द्व चलिरहेको छ ।<

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]